सोमबार, वैशाख १७ गते २०८१    
images
images

भारतीय सीमावर्ती क्षेत्रबाट गर्मी मौसममा नेपाल आउने पर्यटक दोबर हुने प्रक्षेपण

images
images
images
भारतीय सीमावर्ती क्षेत्रबाट गर्मी मौसममा नेपाल आउने पर्यटक दोबर हुने प्रक्षेपण
images
images

काठमाडौं- भारतको सीमावर्ती क्षेत्रबाट आउँदो गर्मी याममा नेपाल आउने परिवारसहितका भारतीय पर्यटकहरूको संंख्या दोबर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरूले आँकलन गरेका छन्। सो तथ्य भारतीय र नेपाली पर्यटन व्यवसायीहरूबीच लखनउमा भएको एक वृहत नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा जनाइएको छ।

images
images
images

नेपालमा गर्मीको समयमा विभिन्न कार्यक्रम समेत सञ्चालन हुँदैछ। जसका लागि ‘चलिएपोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुती गरी आउँदो गर्मी याममा आयोजना हुने गर्मी से बेहाल चलो नेपाल अभियानसमेत हुँदैछ। 

images

होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ। जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटकहरूलाई नेपाल भित्राउन संघले यही मार्च ३ देखि ७ सम्म भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टूर अपरेटर र व्यवसायीहरूको उपस्थिति रहेको थियो।

images

टुर अपरेटरहरूलाई स्वागत गर्दै संघका अध्यक्ष विनायक शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय पर्यटकहरूलाई नेपाल घुम्न निम्ता दिए।

images
images

अध्यक्ष शाहले नेपाल गन्तव्य विवाह र माइस पर्यटनका लागि उपयुक्त रहेको साथै यसका लागि पर्याप्त संरचनाहरू तयारी अवस्थामा रहेको पनि बताए। उनले पर्यटकहरूलाई नेपालका मौलिक खानाहरू खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने पनि बताए। अध्यक्ष शाहले नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यहरूलाई समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवर्द्धनात्मक पुस्तकका बारेमा चर्चा गरेका थिए।

कार्यक्रमा भारतीय पर्यटन व्यवसायीहरूको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया र ट्राभल ट्रेड एसोसिएसन यूपीका अध्यक्षहरूले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवर्द्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए। 

उनीहरूले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकहरूलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकहरूले नेपाल भ्रमण गर्ने विश्वास दिलाए। उनीहरूले भारत नेपाल सीमावर्ती पर्यटन प्रवद्धृनमा नेपाल र भारतीय सीमावर्ती शहरहरूबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको जनाउँदै यस सम्बन्धमा दुवै देशका सरकारहरूलाई आ आफ्नो क्षेत्रबाट सहजिकरणका लागि आग्रह गरेका छन्।

कार्यक्रममा लुम्बिनीबाट सीपी श्रेष्ठ, विराटनगरबाट राजन श्रेष्ठ, पोखराबाट भरतराज पराजुली, चितवनबाट सुमन घिमिरे, मधेश प्रदेशबाट विजयकुमार झुनझुनवाला, बर्दियाबाट मोहन चौधरीले आ आफ्नो क्षेत्र तथा प्रदेशको पर्यटन आकर्षणका बारेमा चर्चा गर्दै भारतीय पर्यटकहरूलाई नेपाल घुम्ने निमन्त्रणा दिएका थिए।    

नेपाल होटल संघको टोली राममन्दिर अयोध्यामा विशेष पूजा अर्चना गरी लखनउ पुगेको थियो।

images

प्रकाशित : बिहीबार , फागुन २४ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस