शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

दुई दिनको उथलपुथलपछि सेयर बजार उतारचढावबीच पुन: वृद्धितर्फ

बुधबार, फागुन २३ २०८०
दुई दिनको उथलपुथलपछि सेयर बजार उतारचढावबीच पुन: वृद्धितर्फ

काठमाडौं- यो साता सत्ता साझेदार फेरिने खबरले सोमबार एकाएक उचालिएर मंगलबार पुन: घटेको बजार बुधबार भने वृद्धितर्फ नै लागेको छ। दुई दिनको उथलपुथल माथि-तलको अवस्थापछि बजार सम्हालिएको हो। 

सत्ता साझेदार फेरिएर अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने चर्चासँगै सोमबार एकाएक उचालिएको सेयर बजार मंगलबार घटेको थियो। तर बुधबार भने उतारचढावबीच बजारले वृद्धितर्फकै साथ समातेको छ। 

बुधबार ९.३३ अंकले बढेर बजार २०१७.०३ बिन्दुमा पुगेको छ। १७५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ। ६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार ११.७८ अंकले घटेको थियो। सोमबार सकारात्मक सर्किट लाग्दै ११७.७० अंकले बढेर बजार २०७८.०० मा पुगेको थियो। मंगलबार फेरि बजार ७०.३१ अंकले घटेको थियो।  

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले नयाँ सत्ता समीकरणसँग आश गरेको देखिएको छ। अहिले नयाँ साझेदारीपछि माओवादीबाट वर्षमान पुन अर्थमन्त्री बन्दै छन्। अबको बजार कता जान्छ भन्ने अनुमान सरकारले दिने भरोसापछि मात्र थाहा हुने संगठित लगानीकर्ताहरू बताउँछन्।  


प्रकाशित : बुधबार, फागुन २३ २०८०१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend