शनिबार, साउन १२ गते २०८१    
images
images
images

तेस्रो लगानी सम्मेलन : चार परियोजनामा पौने २ खर्ब विदेशी लगानी भित्र्याउने सम्झौता

images
मंगलबार, फागुन २२ २०८०
images
images
तेस्रो लगानी सम्मेलन : चार परियोजनामा पौने २ खर्ब विदेशी लगानी भित्र्याउने सम्झौता

बोर्डले गौतम अडानी, एलन मस्क, मार्क जुकरवर्ग, मुकेश अम्बानी, ज्याकमा सहितलाई पत्र पठाइएको छ। बोर्डले १ सय २८ परियोजना सोकेसमा राख्ने गरी तयारी गरिएको छ।

images

काठमाडौं- तेस्रो लगानी सम्मेलनमा लगानी बोर्डले चार परियोजनाको सम्झौता गर्ने पक्का भएको छ। आगामी बैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा चार परियोजना सम्झौताका लागि तयारी गरिएको छ। जसमा पौने २ खर्ब रुपैयाँ लगानी आउने निश्चित भएको छ। 

images
images

लगानी बोर्डले बैशाखमा हुने तेस्रो लगानी सम्मेलनका लागि विश्वका १७ ठूला धनाढ्यलाई निम्ता पठाइसकेको छ। बोर्डले भारत, चीनसहितका धनाढ्याहरूलाई आफै निम्ता पठाएको छ भने बाँकी झन्डै २ हजार लगानीकर्तालाई राजदूतावासमार्फत बोलाउँदै छ।

images

बोर्डले गौतम अडानी, एलन मस्क, मार्क जुकरवर्ग, मुकेश अम्बानी, ज्याकमा सहितलाई पत्र पठाइएको छ। बोर्डले १ सय २८ परियोजना सोकेसमा राख्ने गरी तयारी गरिएको छ। 

बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार डाबर नेपाल प्रालिको क्षमता विस्तार, तीन सय २७ मेगावाट अपर मस्र्याङ्दी-२, चीन नेपालमैत्री औद्योगिक पार्क, ब्याट्री स्टोरेज प्लान्टसहितको दुई सय ५० मेगावाटको सोलार प्लान्टको परियोजना विकास सम्झौता गर्ने तयारी रहेको छ। बोर्डका अनुसार ४ वटै परियोजनामा विदेशी लगानी आउने छ। 

images

डाबर नेपालले भारतबाट ९ अर्ब ६८ करोड ६३ लाख भारतीय लगानी ल्याउन लागेको छ। तीन सय २७ मेगावाटको अपर मस्र्याङ्दी–२ मा पनि चिनियाँ लगानी गर्दैछ  बुटवल पावरसहित चीनको सिन्चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनलले परियोजनामा ७८ अर्ब ३० करोड ६४ लाख रुपैयाँ लगानी गर्दै छन्।

झापाको दमकमा ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र दमक क्लिन इन्डस्ट्रियल पार्कले संयुक्त रूपमा ६४ अर्ब ९० करोड लगानी गर्दै छन्। बाँके र कपिलवस्तुमा बन्ने १२५-१२५ मेगावाटको सोलार प्लान्ट परियोजनामा सिंगारपुरको राइजेन इनर्जीले २१ अर्ब ६० करोड लगानी गर्दै छ।

१२८ परियोजनाको सूची तयार

तेस्रो लगानी सम्मेलनको लागि सोकेसमा प्रस्तुत गरिने परियोजनाको सूची तयार पारिएको छ। लगानी सम्मेलनका लागि हालसम्म १ सय २८ परियोजना पहिचान गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थानका लागि पनि प्रस्ताव गरिँदैछ। जहाँ नेपाल वायुसेवा निगमले ह्यांगर बनाउनेसम्मका परियोजना भने सम्मेलनमा प्रस्तुत हुने सूचीमा परेको छ।

सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना छनोटका लागि प्राविधिक समिति गठन गरेको छ। समितिले अहिलेसम्म १ सय १८ परियोजना तयार पारेर प्राविधिक रुपमा अध्ययन भइरहेको प्रवक्ता उपाध्ययले जानकारी दिए। 

समितिमा प्राप्त भएका परियोजनाहरूमध्ये कतिका विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइसकेका, डीपीआर हुन बाँकी, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार भएका आयोजनाहरू पनि शोकेसमा राखिएको छ। समावेश भएका परियोजनामा नयाँ परियोजना पनि छन्। सबैभन्दा धेरै जलविद्युत् आयोजना रहेको छ। सुरूङमार्गका परियोजनाहरू पनि पेश गरिएका छन्।

लगानी बोर्डका अनुुसार एक दर्जन आयोजनाको भने सम्मेलनमै सम्झौता गर्ने तयारी छ। उपत्यकामा मेट्रोरेल, विभिन्न स्थानमा सुरूङमार्ग बनाउने, थप एक्स्प्रेस वे बनाउने परियोजनाहरू चालु आर्थिक वर्ष तथा विगतका आर्थिक वर्षका बजेटमा घोषणा गरिसकेका छन्। 

चन्द्रागिरि–पालुङ–चितवन एक्सप्रेस–वेदेखि उपत्यकामा अण्डरग्राउण्ड मेट्रोरेलसम्म आयोजनाको प्रस्ताव गरिएको छ। सूचीअनुसार अपर चमेलिया, हुम्ला–कर्णाली जलविद्युत आयोजना पनि रहेको छ। अपर अरूण आयोजना र पोखरा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र पनि राखिएको छ। त्यस्तै चन्द्रागिरी(पालुङ(चितवन एक्सप्रेस वेदेखि चितवन–रामपुुर–बुटवल एक्स्प्रेस वे समेत समावेश रहेको छ।

विद्युतीय सवारी चार्जिङ स्टेशनदेखि दोलखालाई फिल्मी सिटी बनाउनेसम्मका परियोजना समावेश गरिएको छ। खप्तड राष्ट्रिय निकुञ्जलाई एकीकृत विकास गर्नेदेखि पश्चिम सेती टाउन प्लानिङसम्मका परियोजना राखिएको छ।

दैजी र शक्तिखोर औद्योगिक क्षेत्र, पाँचखाल विशेष आर्थिक क्षेत्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ह्यांगर बनाउने र मलेखु–लोथर सुरूङमार्ग समेत परियोजना तयार पारिएको छ। दाउन्ने–बर्दघाट सुरूङमार्गदेखि धरान–लेउती सुरूङमार्ग समेत रहेको छ। थानकोट–चित्लाङ सुरूङमार्ग समेत रहेको छ। 

नयाँ परियोजनाको रुपमा २१८ नौमुरे जलासययुक्त आयोजना, १२१६ मेगावाट क्षमताको खिम्ती ठोसे जलविद्युत परियोजना, ६५० कालिगण्डकी मेगावाट क्षमता, ३७७ मेगावाट क्षमताको भारभुङ जलविद्युत आयोजना रहेका छन्। सहरी विकास मन्त्रालयले प्रस्तावमा बबरमहलमा सेवा प्लजा निर्माण गर्ने पनि प्रस्ताव गरिएको छ। 

तेस्रो लगानी सम्मेलन : एलन मस्क र ज्याकमासहित विश्वका ठूला १७ धनाढ्यलाई निम्ता तेस्रो लगानी सम्मेलन : एलन मस्क र ज्याकमासहित विश्वका ठूला १७ धनाढ्यलाई निम्ता

लगानी सम्मेलनको लागि १०५ परियोजनाको प्रारम्भिक सूची तयार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परेन लगानी सम्मेलनको लागि १०५ परियोजनाको प्रारम्भिक सूची तयार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परेन


प्रकाशित : मंगलबार, फागुन २२ २०८००६:५२
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend