शनिबार, साउन १२ गते २०८१    
images
images
images

लगानी सम्मेलनको लागि १०५ परियोजनाको प्रारम्भिक सूची तयार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परेन

images
शुक्रबार, माघ २६ २०८०
images
images
लगानी सम्मेलनको लागि १०५ परियोजनाको प्रारम्भिक सूची तयार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परेन
images

काठमाडौं- तेस्रो लगानी सम्मेलनको लागि सोकेसमा प्रस्तुत गरिने परियोजनाको प्रारम्भिक सूची तयार पारिएको छ। आगामी बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका लागि हालसम्म १०५ परियोजना पहिचान गरिएको छ।

images
images

पहिचान भएका परियोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थानका लागि पनि प्रस्ताव गरिँदैछ।

images

निजगढ विमानस्थल निर्माणका लागि सरकारले निजी-सार्वजनिक साझेदारी (पीपीपी) अवधारणामा जाने तयारी गरेको भएपनि लगानी सम्मेलनमै प्राथमिकतामा परेको छैन। जहाँ नेपाल वायुसेवा निगमले ह्यांगर बनाउनेसम्मका परियोजना भने सम्मेलनमा प्रस्तुत हुने सूचीमा परेको छ।

सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना छनोटका लागि प्राविधिक समिति गठन गरेको छ। समितिले अहिलेसम्म १०५ परियोजना छनोट गरेको हो।

images

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो भएको छ : अर्थमन्त्री नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो भएको छ : अर्थमन्त्री

समितिमा प्राप्त भएका परियोजनाहरूमध्ये कतिका विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइसकेका, डीपीआर हुन बाँकी, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार भएका आयोजनाहरू पनि शोकेसमा राखिएको छ।

समावेश भएका परियोजनामा नयाँ परियोजना पनि छन्। सबैभन्दा धेरै जलविद्युत् आयोजना रहेको छ। सुरूङमार्गका परियोजनाहरू पनि पेश गरिएका छन्।

लगानी बोर्डका अनुुसार एक दर्जन आयोजनाको भने सम्मेलनमै सम्झौता गर्ने तयारी छ। उपत्यकामा मेट्रोरेल, विभिन्न स्थानमा सुरूङमार्ग बनाउने, थप एक्स्प्रेस वे बनाउने परियोजनाहरू चालु आर्थिक वर्ष तथा विगतका आर्थिक वर्षका बजेटमा घोषणा गरिसकेका छन्। 

चन्द्रागिरि-पालुङ-चितवन एक्सप्रेस-वेदेखि उपत्यकामा अण्डरग्राउण्ड मेट्रोरेलसम्म आयोजनाको प्रस्ताव गरिएको छ।

समितिले तयार पारेको सूचीअनुसार अपर चमेलिया, हुम्ला-कर्णाली जलविद्युत आयोजना पनि रहेको छ। अपर अरूण आयोजना र पोखरा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र पनि राखिएको छ।

त्यस्तै चन्द्रागिरी-पालुङ-चितवन एक्सप्रेस वेदेखि चितवन-रामपुुर-बुटवल एक्स्प्रेस वे समेत समावेश रहेको छ।

विद्युतीय सवारी चार्जिङ स्टेशनदेखि दोलखालाई फिल्मी सिटी बनाउनेसम्मका परियोजना समावेश गरिएको छ। खप्तड राष्ट्रिय निकुञ्जलाई एकीकृत विकास गर्नेदेखि पश्चिम सेती टाउन प्लानिङसम्मका परियोजना राखिएको छ।

दैजी र शक्तिखोर औद्योगिक क्षेत्र, पाँचखाल विशेष आर्थिक क्षेत्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ह्यांगर बनाउने र मलेखु-लोथर सुरूङमार्ग समेत परियोजना तयार पारिएको छ।

दाउन्ने-बर्दघाट सुरूङमार्गदेखि धरान-लेउती सुरूङमार्ग समेत रहेको छ। थानकोट-चित्लाङ सुरूङमार्ग समेत रहेको छ।

कानूनसमेत संशोधन गरिँदै

बैशाखमा लगानी सम्मेलन गर्न लागेको सरकारले तयारीको काम अघि बढाएको छ। सम्मेलन तयारीका लागि विभिन्न तहमा समिति बनाएर काम गरिरहेको छ।

सम्मेलनका लागि आवश्यक तयारीका लागि भन्दै विभिन्न तह तथा चरणमा अहिले छलफल भइरहेको छ। लगानी बोर्डदेखि अर्थ मन्त्रालयसम्मले यसमा आफ्नो ठाउँबाट छलफल तथा परामर्शतलाई तीव्रता दिएका छन्। 

विदेशी लगानीकर्तालाई नयाँ क्षेत्रमा आकर्षित गर्न भन्दै सरकारले कानून नियममा आवश्यक संशोधनको तयारी गरेको छ। यसका लागि सरकारी निकाय, निजी क्षेत्रबाट सुझाव लिइरहेको छ।  निजी क्षेत्रसमेतको सुझावमा संशोधन गर्नुपर्ने कानूनको सूची सरकारले पाएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले संशोधन, खारेज र नयाँ बन्नुपर्ने कानूनको लामो सूची तयार पारेर सरकारलाई दिइसकेको छ। 

यी सबै सल्लाह र सुझावलाई एक ठाउँमा राखेर सकरारले संशोधनको प्रक्रिया तीव्र गतिमा अघि बढाउनेछ। संशोधनको सूची अझै पनि आउने चरणमा रहेको छ। 

लगानी सम्मेलनअघि संशोधन गर्नैपर्ने कानूनको सूची तयार लगानी सम्मेलनअघि संशोधन गर्नैपर्ने कानूनको सूची तयार


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१२:०७
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend