शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने

सोमबार, फागुन २१ २०८०
सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं- सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा फागुन २५ गते शुक्रबार बिहान १० बजे बाँडफाँट हुने भएको हो।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

सो सेयरमा कुल ९ लाख ६० हजार ३ सय १ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन नियमावलीअनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिनेछ। जसअनुसार ५५ हजार ५ सय २१ जना आवेदकले कम्पनीको सेयर प्राप्त गर्न सक्नेछन्।


प्रकाशित : सोमबार, फागुन २१ २०८०१४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend