आइतबार, माघ २७ गते २०८१    
आइतबार, माघ २७ २०८१
images
images

सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने

images
सोमबार, फागुन २१ २०८०
images
images
सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने
images
images

काठमाडौं- सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा फागुन २५ गते शुक्रबार बिहान १० बजे बाँडफाँट हुने भएको हो।

images
images
images

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

images
images

सो सेयरमा कुल ९ लाख ६० हजार ३ सय १ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ।

images
images
images

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन नियमावलीअनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिनेछ। जसअनुसार ५५ हजार ५ सय २१ जना आवेदकले कम्पनीको सेयर प्राप्त गर्न सक्नेछन्।


प्रकाशित : सोमबार, फागुन २१ २०८०१४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend