मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चाले सेयर बजारमा हरियाली : ११७ अंकले बढ्यो, कारोबार बन्द

images
सोमबार, फागुन २१ २०८०
images
अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चाले सेयर बजारमा हरियाली : ११७ अंकले बढ्यो, कारोबार बन्द

दोस्रो सर्किट ब्रेकपछि ४० मिनेट रोकिएको बजार पुन: खुल्नेवित्तिकै ६ प्रतिशतमाथिको वृद्धिले सर्किट ब्रेक लाग्यो। सोमबार जम्मा ४ मिनेट ४२ सेकेन्डमात्र सेयर कारोबार भयो।

images
images

काठमाडौं- सत्ता साझेदार फेरिने भएसँगै सेयर बजारका लगानीकर्ताले त्यसको स्वागत गरेका छन्। लामो समयदेखि उतारचढावमा रहँदै ओलारोतिर नै लागिरहेको बजार अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने चर्चासँगै उचालिएको हो। सोमबार उचालिएको बजार १२ बजेर ४ मिनेटमै तेस्रो सर्किट लागेर बन्द भएको छ। 

images
images
images

पछिल्लो समय सुस्ताएको सेयर बजारका लगानीकर्ता अर्थमन्त्रीमा पौडेल आउने चर्चा भएसँगै उत्साहित बन्न पुगेका हुन्। यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले उचाइ लिएको थियो। यसैले पनि लगानीकर्ताका लागि उनी रुचाइएका अर्थमन्त्री हुन्। 

images
images

सोमबार कारोबार सुरु भएको तीन मिनेटमै बजारमा पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि बजार खुलेको एक मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो। त्यसपछि पनि बजार खुल्नासाथ तेस्रो सर्किट ब्रेक लागेर आजका लागि कारोबार बन्द भएको छ। 

images
images

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले घटबढ भएमा, दोस्रोमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।

index.jpg

सोमबार कारोबार सुरू भएको तीन मिनेटमै बजार ४.०४ प्रतिशतले बढेको थियो। त्यसपछि २० मिनेट रोकिएर कारोबार खुलेको एक मिनेटमै ५.०३ प्रतिशतले बजार बढेर दोस्रो सर्किट ब्रेक लाग्यो।

दोस्रो सर्किट ब्रेकपछि ४० मिनेट रोकिएको बजार पुन: खुल्नेवित्तिकै ६ प्रतिशतमाथिको वृद्धिले तेस्रो सर्किट ब्रेक लाग्यो। सोमबार जम्मा ४ मिनेट ४२ सेकेन्डमात्र सेयर कारोबार भयो।

सोमबार ११७.७० अंकले बढेर बजार २०७८.०० मा पुगेको छ। सोमबार ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। २३० कम्पनीको सेयर मूल्य बढेको छ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय सं‌स्थाको सेयर मूल्य भने घटेको छ। 

अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ सालदेखि सर्किट ब्रेकको व्यवस्था गरेको हो। त्यसअघि सेयर बजारमा एकैदिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो। नयाँ व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढी बढ्न वा घट्न सक्दैन।  


प्रकाशित : सोमबार, फागुन २१ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend