शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

उचालियो सेयर बजार : रोकिएको कारोबार खुल्नासाथ एक मिनेटमै दोस्रो सर्किट ब्रेक

सोमबार, फागुन २१ २०८०
उचालियो सेयर बजार : रोकिएको कारोबार खुल्नासाथ एक मिनेटमै दोस्रो सर्किट ब्रेक

काठमाडौं- सत्ता साझेदार फेरिने भएसँगै सेयर बजारका लगानीकर्ताले त्यसको स्वागत गरेका छन्। कारोबार सुरु भएको तीन मिनेटमै उचालिएको बजार पहिलो 'सर्किट ब्रेक' लागेपछि २० मिनेटका लागि रोकिएको थियो।

त्यसपछि पनि कारोबार सुरु भएको एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेकपछि कारोबार ४० मिनेटका लागि रोकिएको छ।  

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रोमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।

सोमबार कारोबार सुरू भएको तीन मिनेटमै बजार ४.०४ प्रतिशतले बढेको थियो। त्यसपछि २० मिनेट रोकिएर कारोबार खुलेको एक मिनेटमै ५.०३ प्रतिशतले बजार बढेर दोस्रो सर्किट ब्रेक लाग्यो।

दोस्रो सर्किट ब्रेक लाग्दा बजार ९८.६९ अंकले बढेर २०५९.०० बिन्दुमा पुगेको छ। 


प्रकाशित : सोमबार, फागुन २१ २०८०११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend