शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सत्ता साझेदार फेरिने भएसँगै उचालियो सेयर बजार, तीन मिनेटमै 'सर्किट ब्रेक'

सोमबार, फागुन २१ २०८०
सत्ता साझेदार फेरिने भएसँगै उचालियो सेयर बजार, तीन मिनेटमै 'सर्किट ब्रेक'

कारोबार सुरु भएको तीन मिनेटमै उचालिएको बजार २० मिनेटका लागि रोकिएको छ।

काठमाडौं- सत्ता साझेदार फेरिने भएसँगै सेयर बजारका लगानीकर्ताले त्यसको स्वागत गरेका छन्। कारोबार सुरु भएको तीन मिनेटमै उचालिएको बजार 'सर्किट ब्रेक' लागेपछि २० मिनेटका लागि रोकिएको छ। 

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ। सर्किट ब्रेकपछि २० मिनेटका लागि 'मार्केट हल्ट' भएको हो।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली 'सर्किट ब्रेक' हो।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा 'सर्किट ब्रेक' लाग्ने व्यवस्था छ।

सोमबार कारोबार सुरू भएको तीन मिनेटमै बजार ४.०४ प्रतिशतले बढेको हो। बजार ७९.२९ अंकले बढेर २०३९.६० बिन्दुमा पुगेको छ। 


प्रकाशित : सोमबार, फागुन २१ २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend