शनिबार, फागुन ३ गते २०८१    
शनिबार, फागुन ३ २०८१
images
images

सेयर बजारमा देखिएन वृद्धिको संकेत, २ अर्ब ८ करोड रुपैयाँको कारोबार

images
आइतबार, फागुन २० २०८०
images
images
सेयर बजारमा देखिएन वृद्धिको संकेत, २ अर्ब ८ करोड रुपैयाँको कारोबार
images
images

काठमाडौं- लामो समयदेखि उतारचढावमा रहेको सेयर बजार घट्ने क्रममा नै देखिएको छ। गएको साता पनि दुई दिनको कारोबारमा मात्र सामान्य बढेको बजार यो साता पुन: पहिलो कारोबार नै घटेको छ।

images
images
images

आइतबार ११.७८ अंकले घटेर बजार १९६०.३० बिन्दुमा झरेको छ। ६७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ। १७३ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता पहिलो कारोबारमा आइतबार २६.८१ अंकले घटेको बजार सोमबार १३.२८ अंकले र मंगलबार ९.३४ अंकले बढेको थियो। तर बुधबार बजारले वृद्धितर्फको साथ पाउन सकेन र ०.८७ अंकले घटेको थियो। बिहीबार पनि २८.६८ अंकले घटेर बजार १९७२.०९ बिन्दुमा झरेको थियो। 

images
images
images

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले विश्वास गुमाइरहेका छन्। सुधारको अपेक्षाविपरीत पुन: उतारचढावबीच गिर्दो अवस्थामा नै देखिएको बजार सम्हालिन मुस्किल भइरहेको छ। 

बजारको अवस्थासँग विश्वस्त हुन नसकेका संगठित लगानीकर्ताका साथै नवप्रवेशीको समेत विश्वास बजारले जित्न सकेको छैन। सुधारतर्फको आधार नदेखिँदा बजार धरमर गरिरहेको छ। बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्। 


प्रकाशित : आइतबार, फागुन २० २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend