आइतबार, वैशाख २३ गते २०८१    
images
images

फेब्रुअरीमा भित्रिए ९७ हजार ४ सय २६ विदेशी पर्यटक, गतवर्षभन्दा ३३ प्रतिशतले बढे

images
images
images
फेब्रुअरीमा भित्रिए ९७ हजार ४ सय २६ विदेशी पर्यटक, गतवर्षभन्दा ३३ प्रतिशतले बढे

फेब्रुअरीमा भारतबाट २५ हजार ५ सय ७८ पर्यटक नेपाल भित्रिएका छन्।

images
images

काठमाडौं- सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

images
images
images

सन् २०२३ को यही समयमा ७३ हजार २ सय ५५ पर्यटक नेपाल भ्रमणमा आएका थिए। गतवर्ष भन्दा यो वर्षको फेब्रुअरीमा ३३ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ।

images

सन् २०२४ को जनवरीमा ७९ हजार एक सय पर्यटक नेपाल भित्रिएका थिए। २०२३ को जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल आएका थिए।

images

फेब्रुअरीमा भारतबाट २५ हजार ५ सय ७८ पर्यटक नेपाल भित्रिएका छन्। जुन गतवर्ष भन्दा ३९ प्रतिशतले बढेको छ। गतवर्षको फेब्रुअरीमा १८ हजार ४ सय १ भारतीयले नेपाल भ्रमण गरेका थिए।

images
images

फेब्रुअरीमा दोस्रो धेरै चिनियाँ पर्यटक ९ हजार १ सय ८० जनाले नेपाल भ्रमण गरेका छन्। त्यस्तै अमेरिकाबाट ९ हजार ८९ पर्यटकले फेब्रुअरीमा नेपाल भ्रमण गरेका छन्।

सन् २०१९ देखि लगातार संकटमा रहेको पर्यटन क्षेत्र गतवर्ष २०२३ देखि भने क्रमिक सुधार हुँदै आएको छ। सन् २०२३ मा १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२४ को सुरुवातमै आगमनदरमा वृद्धि देखिनुले अझ सकारात्मक हुने देखिएको छ। 

images

प्रकाशित : शुक्रबार, फागुन १८ २०८००३:०९

प्रतिक्रिया दिनुहोस