शनिबार, असोज ५ गते २०८१    
images
images

दुईदिनको वृद्धिपछि स्थिर बनेको सेयर बजार फेरि ओरालोतिर, देखिएन सम्हालिने बिन्दु

images
बिहीबार , फागुन १७ २०८०
images
images
दुईदिनको वृद्धिपछि स्थिर बनेको सेयर बजार फेरि ओरालोतिर, देखिएन सम्हालिने बिन्दु
images
images

काठमाडौं- उतारचढावमा रहेको सेयर बजार घट्ने क्रममा नै लागेको छ। निरन्तर ओरालोतिर लागिरहेको सेयर बजारमा लगातार दुई कारोबार वृद्धितर्फ लागेर तेस्रो कारोबारमा बुधबार उतारचढावबीच पुन: स्थिर देखिएको थियो। बिहीबार भने बजार पुन: ओरालोतिर नै लागेको हो।  

images
images
images

बिहीबार २८.६८ अंकले घटेर बजार १९७२.०९ बिन्दुमा झरेको छ। १७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ। २२० कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा आइतबार २६.८१ अंकले घटेको बजार सोमबार १३.२८ अंकले र मंगलबार ९.३४ अंकले बढेको थियो। तर बुधबार बजारले वृद्धितर्फको साथ पाउन सकेन र ०.८७ अंकले घटेर बजार २०००.७७ बिन्दुमा अडिएको थियो।

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले विश्वास गुमाइरहेका छन्। सुधारको अपेक्षाविपरीत पुन: उतारचढावबीच गिर्दो अवस्थामा नै देखिएको बजार सम्हालिन मुस्किल भइरहेको छ। 

images

बजारको अवस्थासँग विश्वस्त हुन नसकेका संगठित लगानीकर्ताका साथै नवप्रवेशीको समेत विश्वास बजारले जित्न सकेको छैन। सुधारतर्फको आधार नदेखिँदा बजार धरमर गरिरहेको छ।

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्। 

सेयर बजार निरन्तर उतारचढावको अवस्थाबीच तलतिर नै बढी देखिन्छ। बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 


प्रकाशित : बिहीबार , फागुन १७ २०८०१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend