शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तमको आईपीओमा मागभन्दा १९ गुणा बढी आवेदन, कतिले पाउने छन् सेयर?

बुधबार, फागुन १६ २०८०
सर्वोत्तमको आईपीओमा मागभन्दा १९ गुणा बढी आवेदन, कतिले पाउने छन् सेयर?

काठमाडौं- बुक बिल्डिङ प्रकृयामार्फत प्राथमिक सेयर निष्कासन गरेको सर्वोत्तम सिमेन्टमा मागभन्दा १९ गुणा बढी आवेदन परेको छ। 

सर्वोत्तमले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। १० लाख १२ हजार ३ सय ८४ जनाले यसको आईपीओ भरेका छन्। 

आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ता माग गरेका छन्। कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो।

३ सय ६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गरेको यस कम्पनीमा मागभन्दा अत्याधिक बढी आवेदन परेको हो। 

बुधबार सेयर भर्ने अन्तिम दिन बेलुका ५ बजेसम्ममा ५ करोड ३६ लाख १२ हजार आवेदनबाट करिब १९ अर्ब ३५ करोड ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको सेयर खरिदका लागि माग प्राप्त भएको बिक्री प्रबन्धकले जनाएको छ। 

सर्वोत्तम सिमेन्टले फागुन १३ देखि प्राथमिक सेयर निष्कासनका लागि आवेदन माग गरेको थियो। बुक बिल्डिङ प्रकृयामार्फत न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएकाले करिब ५५ हजार ५ सय २१ जनाले मात्रै सेयर प्राप्त गर्नेछन्। 

यसको सेयर बिक्रीकर्ता ग्लोबल आईएमई क्यापिटल रहेको छ भने सह-निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ।


प्रकाशित : बुधबार, फागुन १६ २०८०१८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend