शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

वृद्धितर्फ संकेत गरेको सेयर बजार उतारचढावबीच पुन: स्थिर, २००० को बिन्दुमा अडियो

बुधबार, फागुन १६ २०८०
वृद्धितर्फ संकेत गरेको सेयर बजार उतारचढावबीच पुन: स्थिर, २००० को बिन्दुमा अडियो

काठमाडौं- निरन्तर ओरालोतिर लागिरहेको सेयर बजारमा लगातार दुई कारोबार वृद्धितर्फ लागेर तेस्रो कारोबार उतारचढावबीच पुन: स्थिर देखिएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार २६.८१ अंकले घटेको बजार सोमबार १३.२८ अंकले र मंगलबार ९.३४ अंकले बढेको थियो। तर बुधबार बजारले वृद्धितर्फको साथ पाउन सकेन।

बुधबार ०.८७ अंकले घटेर बजार २०००.७७ बिन्दुमा अडिएको छ। ७१ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले विश्वास गुमाइरहेका छन्। सुधारको अपेक्षाविपरीत पुन: उतारचढावबीच गिर्दो अवस्थामा नै देखिएको बजार सम्हालिन मुस्किल भइरहेको छ। 

बजारको अवस्थासँग विश्वस्त हुन नसकेका संगठित लगानीकर्ताका साथै नवप्रवेशीको समेत विश्वास बजारले जित्न सकेको छैन। सुधारतर्फको आधार नदेखिँदा बजार धरमर गरिरहेको छ।

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्। 

सेयर बजार निरन्तर उतारचढावको अवस्थाबीच तलतिर नै बढी देखिन्छ। बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 


प्रकाशित : बुधबार, फागुन १६ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend