शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मंगलबार ९ अंकले बढ्यो सेयर बजार, एक अर्ब ८६ करोडको कारोबार

मंगलबार, फागुन १५ २०८०
मंगलबार ९ अंकले बढ्यो सेयर बजार, एक अर्ब ८६ करोडको कारोबार

मंगलबार ९.३४ अंकले बढेर बजार २००१. ६४ बिन्दुमा पुगेको छ। १४३ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा एक अर्ब ८६ करोड ९८ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- गएको साताभर राताम्य भएको सेयर बजारमा यो साता भने लगातार दुई कारोबारमा हरियाली छाएको छ। आइतबार २६.८१ अंकले घटेको सेयर बजार सोमबार र मंगलबार भने बढेको हो।

मंगलबार ९.३४ अंकले बढेर बजार २००१. ६४ बिन्दुमा पुगेको छ। १४३ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा एक अर्ब ८६ करोड ९८ लाख रूपैयाँको कारोबार भएको छ। मंगलबार ८९ कम्पनीको सेयर मूल्य घट्दा १६ कम्पनीको भने स्थिर छ।

उतारचढावबीच लगातार घटिरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा सोमबार थामिएर वृद्धितर्फ बढेको बजारले सोमबार पनि वृद्धिकै लय समातेको हो। आइतबार २६.८१ अंकले घटेर बजार १९७९.०२ बिन्दुमा झरेको बजार सोमबार भने १३.२८ अंकले बढेर १९९२.३० बिन्दुमा उक्लिएको थियो।

गएको साता कारोबार भएको चार दिन नै घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको थियो। सुधारको अपेक्षाविपरीत पुन: उतारचढावबीच गिर्दो अवस्थामा नै देखिएको बजार यो साता सम्हालिएको हो।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि थप ओरालो लागेको सेयर बजार निरन्तर उतारचढावको अवस्थाबीच तलतिर नै बढी देखिन्छ। सेयर बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्। सोमबारको वृद्धिले बजार पुन: २००० को बिन्दुबाट माथितिर नै लाग्ने देखिएको छ। 


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend