शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

निरन्तर ओरालोतिर लागिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि

सोमबार, फागुन १४ २०८०
निरन्तर ओरालोतिर लागिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं- निरन्तर ओरालोतिर लागिरहेको सेयर बजारमा यो साताको दोस्रो कारोबारमा सोमबार हरियाली देखिएको छ। उतारचढावबीच लगातार घटिरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा सोमबार थामिएर वृद्धितर्फ बढेको हो।

गएको साता कारोबार भएको चार दिन नै घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको थियो। सुधारको अपेक्षाविपरीत पुन: उतारचढावबीच गिर्दो अवस्थामा नै देखिएको बजार केही सम्हालिएको छ।

सोमबार १३.२८ अंकले बढेर बजार १९९२.३० बिन्दुमा पुगेको छ। १६७ कम्पनीको सेयर मूल्य बढेको बजारमा कारोबर रकम भने बढ्न सकेको छैन। २ अर्ब १ करोड ७७ लाख ३९ हजार रुपैयाँको कारोबार हुँदा ७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा आइतबार २६.८१ अंकले घटेर बजार १९७९.०२ बिन्दुमा झरेको थियो। बजारको अवस्थासँग विश्वस्त हुन नसकेका संगठित लगानीकर्ताका साथै नवप्रवेशीको समेत विश्वास बजारले जित्न सकेको छैन। सुधारतर्फको आधार नदेखिँदा बजार धरमर गरिरहेको छ।

गएको साता पहिलो कारोबारमा आइतबार २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा झरेको बजार मंगलबार १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको थियो। बुधबार बजार ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको थियो। बिहीबार बजार २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा झरेको थियो।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि थप ओरालो लागेको सेयर बजार निरन्तर उतारचढावको अवस्थाबीच तलतिर नै बढी देखिन्छ। सेयर बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्। सोमबारको वृद्धिले बजार पुन: २००० को बिन्दुबाट माथितिर नै लाग्ने देखिएको छ। 


प्रकाशित : सोमबार, फागुन १४ २०८०१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend