शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

खराब कर्जा बढ्नु र वितरणयोग्य नाफा ऋणात्मक हुनु बैंकिङ क्षेत्रका लागि चुनौती : सुनिल केसी

'ब्याजदर घट्दो क्रममा छ'

सोमबार, फागुन १४ २०८०
खराब कर्जा बढ्नु र वितरणयोग्य नाफा ऋणात्मक हुनु बैंकिङ क्षेत्रका लागि चुनौती : सुनिल केसी

काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घट्दो क्रममा रहेको बताएका छन्। खराब कर्जा बढ्नु र वितरणयोग्य नाफा ऋणात्मक हुनु बैंकिङ क्षेत्रका लागि चुनौती बनिरहेको पनि उनले बताएका छ्न्। 

सोमबार संघले आयोजना गरेको एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय स्तरमा पनि ब्याजदर घट्दो क्रममा रहेको र नेपालमा पनि घट्ने क्रममा नै रहेको बताएका हुन्। 

सरकारले खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउन नसकेकाले अर्थतन्त्रमा केही समस्या रहेको उनले बताएका छन्। 

पछिल्लो समय बैकिङ गतिविधिविरोधी घटनाहरू भइरहेकाले केही समस्या रहेको उनले बताएका छ्न्।

हाल बैंकहरूमा ७ खर्ब १९ अर्ब पुँजी रहेको औषत क्यापिटल एड्युकेसी १२.९३ प्रतिशत रहेको र ५ लाखसम्मको कर्जा सुरक्षित रहेको उनले बताएका छ्न्।

अर्थतन्त्रका सम्पूर्ण क्षेत्र प्रभावित भएकाले बैंकको नाफा घट्दै गएको र लगानीकर्ताका लागि सुखद संकेत नभएको उनले बताए।

नेपालको बैकिङ क्षेत्र दक्षिण एसियामा राम्रै रहेको र राष्ट्र बैंकको उच्च निगरानीमा नै रहेको उनले दाबी गरेका छ्न्। कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनाले पनि केही दबाब दिएको उनले बताए। 


प्रकाशित : सोमबार, फागुन १४ २०८०१४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend