शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

प्री-बजेट छलफल आजदेखि संसदमा प्रवेश, सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १४ २०८०
प्री-बजेट छलफल आजदेखि संसदमा प्रवेश, सिद्धान्त र प्राथमिकता प्रस्तुत हुँदै

संसदमा पेस भएपछस सांसदहरूले बजेटमाथि आफ्ना सुझाव दिनेछन्। यसरी सांसदहरूले दिएका सुझावलाई सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेस गर्ने बताएको छ।

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता आज संसदमा पेस गर्ने भएको छ। 

यही वर्षदेखि सरकारले बजेटरी क्यालेन्डर संसोधन गर्दै सिद्धान्त र प्राथमिकता ल्याउने मिति अघि सारेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्दै यो व्यवस्था गरेको छ। 

यही व्यवस्था अनुसार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आज संसदमा पेस गर्ने भएका छन्। 

प्रतिनिधिसभाको ११ बजेट सुरू हुने बैठकमा मन्त्री महतले सिद्धान्त र प्रथामिकता प्रस्तुत गर्नेछन्। 

सरकारले संसदमा प्रस्तुन गर्ने सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत भएसँगै आगामी वर्षको बजेट सम्बन्धि पूर्व छलफल औपचारिक रुपमा सुरू हुने भएको छ। 

संसदमा पेस भएपछस सांसदहरूले बजेटमाथि आफ्ना सुझाव दिनेछन्। यसरी सांसदहरूले दिएका सुझावलाई सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेस गर्ने बताएको छ। 

यसअघि संसदमा जतिसुकै छलफल भएपनि सांसदहरूका सुझावले बजेटमा ठाउँ पाउने अवस्था थिएन। चैत १५ गतेभित्र सांसदहरूका सुझाव समेटेर सरकारले नीति तथा कार्यक्रम तय गर्ने बताएको छ। 

सरकारले बजेट सम्बन्धिको छलफललाई सार्थक बनाउनका लागि भन्दै तीन महिनाअघि सारेको छ। यो प्रक्रियाबाट संसदीय सुझाव र प्रतिक्रिया आगामी वर्षको बजेटमा प्रतिबिम्बित हुने बताइएको छ। 


प्रकाशित : सोमबार, फागुन १४ २०८०१०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend