शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

गएको साताभर राताम्य भएको सेयर बजारमा यो साता पहिलो कारोबार पनि घट्यो

आइतबार, फागुन १३ २०८०
गएको साताभर राताम्य भएको सेयर बजारमा यो साता पहिलो कारोबार पनि घट्यो

काठमाडौं- गएको साता कारोबार भएको चार दिन नै घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको छ। सुधारको अपेक्षाविपरीत पुन: उतारचढावबीच गिर्दो अवस्थामा नै देखिएको बजार गएको साता चार कारोबारमै ५६.१९ अंकले घटेको थियो।

यो साता पहिलो कारोबारमा आइतबार २६.८१ अंकले घटेर बजार १९७९.०२ बिन्दुमा पुगेको छ। ३८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। २०६ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

बजारको अवस्थासँग विश्वस्त हुन नसकेका संगठित लगानीकर्ताका साथै नवप्रवेशीको समेत विश्वास बजारले जित्न सकेको छैन। सुधारतर्फको आधार नदेखिँदा बजार धरमर गरिरहेको छ।

गएको साता पहिलो कारोबारमा आइतबार २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा झरेको बजार मंगलबार १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको थियो। बुधबार बजार ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको थियो। बिहीबार बजार २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा झरेको थियो।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि थप ओरालो लागेको सेयर बजार निरन्तर उतारचढावको अवस्थाबीच तलतिर नै देखिन्छ। सेयर बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्।  


प्रकाशित : आइतबार, फागुन १३ २०८०१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend