शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वसाधारणका लागि खुल्यो सर्वोत्तमको आईपीओ, न्यूनतम १८ हजार रुपैयाँ चाहिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १३ २०८०
सर्वसाधारणका लागि खुल्यो सर्वोत्तमको आईपीओ, न्यूनतम १८ हजार रुपैयाँ चाहिने

काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि सर्वसधारणका लागि सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। 

उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। 

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। 

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबीएस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएको लेखापरीक्षण प्रतिवेदनअनुसार निर्माण अवधिको ब्याजसहित कुल लागत १२ अर्ब २२ करोड ६ लाख ७९ हजार २०९ रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना रहेको छ।


प्रकाशित : आइतबार, फागुन १३ २०८०१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend