आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा

images
शनिबार, फागुन १२ २०८०
images
पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा

परासी सदरमुकामबाट करिब सात किलोमिटर दक्षिण पाल्हीनन्दनको सनइ गाउँ नजिकै ऐतिहासिक नन्दनगर अवस्थित छ।

images
images

पाल्हीनन्दन- पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ। प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ।

images
images
images

पाल्हीनन्दन-६ मा अवस्थित प्राचीन नन्दनगर अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। परासी सदरमुकामबाट करिब सात किलोमिटर दक्षिण पाल्हीनन्दनको सनइ गाउँ नजिकै ऐतिहासिक नन्दनगर अवस्थित छ।

images
images

'सनइ भन्ने गाउँको पश्चिमतर्फ ऐतिहासिक नन्दनगर छ। प्राचीन नन्दनगरसँग प्राचीन कोलिय गणराज्यको इतिहास जोडिएको जानकारहरु बताउँछन्', पाल्हीनन्दन-६ का वडाध्यक्ष क्रिसचन्द्र यादवले भने।

images
images

यस क्षेत्रको संस्कृति संरक्षण र पुनःउत्थान गर्न रामग्राम-१८ मा रहेको पण्डितपुरबाट नन्दनगरसम्म आनन्द जात्रा निकाल्ने योजना रहेको बताए। जात्रापछि संस्कृतिका रुपमा नन्दनगर विकसित हुँदै जाने वडाध्यक्ष यादवको विश्वास छ। बौद्धकालीन इतिहाससँग जोडिएका संस्कृतिक सम्पदाको संरक्षण गर्न जात्रा निकालिने उनले जानकारी दिए।

ऐतिहासिक नन्दनगरको प्राकृतिक मनोरम दृश्वालोकन, सडक सञ्जाल विस्तार, आवास तथा भोजनका लागि होमस्टे (घरबास) सञ्चालन भइरहेकाले आन्तरिक पर्यटकको रोजाइमा नन्दनगर पर्न थालेको वडा सदस्य सुनिता सहानीले बताइन्। यहाँ पर्यटकको आगमन बढे्सँगै स्थानीयको आय पनि क्रमशः वृद्धि भएको उनले बताइन्। रासस


प्रकाशित : शनिबार, फागुन १२ २०८०१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend