सोमबार, वैशाख २४ गते २०८१    
images
images

देशभर सञ्चालनमा रहेका विमानस्थलमा अब टेलिकमले फ्री वाईफाई सेवा दिने

images
images
images
देशभर सञ्चालनमा रहेका विमानस्थलमा अब टेलिकमले फ्री वाईफाई सेवा दिने

फ्री वाईफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ।

images
images

काठमाडौं- नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाईफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। फ्री वाईफाई इन्टरनेट सेवा दिने विषयमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण सहमति भएको छ। 

images
images
images

सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका हुन्।

images

सहमति पत्रअनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाईफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणवद्ध रुपमा फ्री वाईफाई इन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ। 

images

त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने टेलिकमले जारी गरेको विज्ञप्ती जारी गरेको हो।

images
images

फ्री वाईफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ।

त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थानसमेत प्राधिकरणले उपलब्ध गराउने छ। 

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्री वाईफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ।

images

प्रकाशित : शुक्रबार, फागुन ११ २०८००५:३४

प्रतिक्रिया दिनुहोस