शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

शुक्रबार, फागुन ११ २०८०
ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको जनाएको छ। काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरूको संख्या ६५ पुगेको छ। 

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकले जनाएको छ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको वाणिज्य बैंक हो। बैंकले ३ सय ५५ शाखा कार्यालय, ३ सय ७८ एटिएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ भन्दा बढि सेवा केन्द्र रहेका छन्।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले ४६ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, फागुन ११ २०८०१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend