शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजार साताभर ओरालोतिर, देखिएन सुधारको आधार

बिहीबार , फागुन १० २०८०
सेयर बजार साताभर ओरालोतिर, देखिएन सुधारको आधार

काठमाडौं- यो साता लगातार सेयर बजार घटेको छ। सुधारको अपेक्षाविपरीत सेयर बजार पुन: उतारचढावबीच गिर्दो अवस्थामा देखिएको हो।

साताको अन्तिम कारोबारमा बिहीबार बजार २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा झरेको छ। बिहीबार ३ अर्ब २० करोडको कारोबार भएको छ। 

बजारको अवस्थासँग विश्वस्त हुन नसकेका संगठित लगानीकर्ताका साथै नवप्रवेशीको समेत विश्वास बजारले जित्न सकेको छैन। सुधारतर्फको आधार नदेखिँदा बजार धरमर गरिरहेको छ।

यो साता पहिलो कारोबारमा आइतबार २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा झरेको बजार मंगलबार १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको थियो। बुधबार बजार ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको थियो।  

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि थप ओरालो लागेको सेयर बजार निरन्तर उतारचढावको अवस्थाबीच तलतिर नै देखिन्छ। सेयर बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 

बैंकिङ क्षेत्रका समस्याका विषयमा समाचारहरू आइरहँदा पनि अर्थतन्त्रको अवस्था कता जान्छ भन्ने अनुमान लगानीकर्ताले गर्न सकेका छैनन्। केही बैंकमा देखिएको समस्याले अन्यतर्फ पनि विश्वासको वातावरण गुमिरहेको संगठित लगानीकर्ताहरू नै बताउँछन्। 

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्।  


प्रकाशित : बिहीबार , फागुन १० २०८०१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend