आइतबार, वैशाख २३ गते २०८१    
images
images

सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै काममा फर्किंदै व्यवसायी

images
बिजनेस न्युज
images
images
सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै काममा फर्किंदै व्यवसायी

'विदेशी धमाधम आउन थाले, तर यो वर्ष दुःखको कुरा डाँडा आसपासका क्षेत्र सुक्खा छन्, खासै हिउँ परेन। हिउँ परेको भए पर्यटक दङ्ग पर्थे।'

images
images

सोलुखुम्बु- विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ। चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो। 

images
images
images

पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्यांकअनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन्। फागुन लागेसँगै पर्यटक आवागमनमा वृद्धि भइरहेको पर्यटक प्रहरी इन्चार्ज प्रहरी हबल्दार शंकर खत्रीले जानकारी दिए।

images

उनले भने, 'सगरमाथा क्षेत्रमा विदेशीको चाप बढिरहेको छ।' उनका अनुसार पर्यटक आगमनसँगै घरबास, होटल बन्द गरेर न्यानोस्थलमा गएका उद्यमी तथा होटल व्यवसायी पनि काममा फर्केका छन्। 

images

'सगरमाथा क्षेत्र विदेशीमय हुन थालेको छ, अब सिजन सुरु भयो र मौसम पनि अनुकूल भएकाले व्यवसाय वृद्धि पनि अपेक्षा गरिएको छ', स्थानीय तोयाकुमार श्रेष्ठले भने।

images
images

उनले भने, 'विदेशी धमाधम आउन थाले, तर यो वर्ष दुःखको कुरा डाँडा आसपासका क्षेत्र सुक्खा छन्, खासै हिउँ परेन। हिउँ परेको भए पर्यटक दङ्ग पर्थे।'

यस क्षेत्रमा सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा छन्।

यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुगजस्ता पक्षी पाइन्छन्। सगरमाथा क्षेत्रमा आउने पर्यटकले यहाँको दृश्यावलोकन, वन्यजन्तुको अवलोकनलाई प्राथमिकतामा राखेर भ्रमण गर्ने गरेका छन्। 

लुक्लाको हवाई सेवामा चाप

खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई यात्रुको चाप वृद्धि भएको छ।

काठमाडौंबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाडौं-लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

कार्यालयका एअर ट्राफिक कन्ट्रोलर सञ्जय श्रेष्ठका अनुसार काठमाडौंबाट अहिले दैनिक १० देखि १२ उडान भइरहेका छन्। रामेछापबाट हेलिकप्टर चार्टर गरेर पनि पर्यटक आउने गरेका छन्। रासस

images

प्रकाशित : सोमबार, फागुन ७ २०८००२:०२
प्रतिक्रिया दिनुहोस