शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कुनको कति?

सोमबार, फागुन ७ २०८०
हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कुनको कति?

काठमाडौं- हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ। 

नेप्सेका अनुसार हिमालयन रिइन्स्योरेन्सको समायोजित मूल्य ६२० रुपैयाँ २९ पैसा छ। मंगलबार यही मूल्यको आधारमा कारोबार खुल्ने छ।

अघिल्लो दिन कारोबार बन्द हुँदा प्रतिकित्ता ६४५ रुपैयाँ १० पैसा मूल्य तय भएकोमा ४ प्रतिशत बोनस सेयर समायोजनपछि नयाँ मूल्य तय भएको हो। फागुन २० गते कम्पनीको साधारणसभा बस्दैछ।

त्यस्तै एसियन लाइफ इन्स्योरेन्सको नयाँ मूल्य प्रतिकित्ता ६१६ रुपैयाँ ८० पैसा तय भएको छ। मंगलबार यही मूल्यका आधारमा कम्पनीको कारोबार हुनेछ। 

अघिल्लो दिन कारोबार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ६६४ रुपैयाँ ६० पैसा तय भएकोमा ७.७५ प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन भएको हो।  फागुन १८ गते कम्पनीको साधारणसभा बस्दैछ।


प्रकाशित : सोमबार, फागुन ७ २०८००९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend