बिहीबार , वैशाख २७ गते २०८१    
images
images

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त

images
बिजनेस न्युज
images
images
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सल्लाहकार भएकै समयमा भण्डारीले अध्यक्षका लागि आवेदन दिएका थिए।

images
images

काठमाडौं- सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपिषदको बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको हो। 

images
images
images

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सल्लाहकार भएकै समयमा भण्डारीले अध्यक्षका लागि आवेदन दिएका थिए।

images

भण्डारीले यसअघि उपेन्द्र महतोले लगानी गरेका टेलिकम कम्पनीदेखि विदेशसम्म काम गरेका थिए। एनसेल, स्मार्ट तथा युटीएलमा काम गरेको अनुभव गरेका भण्डारी चार्टर्ड एकाउन्टेन हुन्। 

images

एनसेल खरिद बिक्री, स्मार्टको लाइसेन्स व्यवस्थापन तथा नयाँ टेलिकमको लाइसेन्स दिने चर्चा चलिरहेको समयमा भण्डारी अध्यक्ष नियुक्त भएका हुन्।

images
images

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा सुरूदेखि मिलेमतोको गन्ध, प्रभावशाली आवेदक भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा सुरूदेखि मिलेमतोको गन्ध, प्रभावशाली आवेदक भण्डारी

यसअघिका अध्यक्ष पुरुषोत्तम खनालले राजिनामा दिएपछि अध्यक्ष सिफारिस गर्न सञ्चार सचिवको नेतृत्वमा समिति बनेको थियो। उक्त समितिले गरेको सिफारिसमध्येबाट सरकारले भण्डारीलाई नियुक्त गरेको हो।  

images

प्रकाशित : ०७:५७
प्रतिक्रिया दिनुहोस