शनिबार, असोज ५ गते २०८१    
images
images

भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना

images
बुधबार, मंसिर २२ २०७८
images
images
भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटना

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ।

images
images

काठमाडौं- भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ।

images
images
images

भारतीय वायु सेनाले ट्वीटमार्फत दिएको जानकारीअनुसार एमआई-17 वी 5 हेलिकप्टर दुर्घटना भएको हो।

हेलिकप्टरमा रावतसहित सेनाका अर्का एक उच्च अधिकारी पनि सवार रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

हेलिकप्टरमा रावतको परिवारसहित १४ यात्रु रहेको बताइएको छ। रावतको उपचार भइरहेको बताइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ। 

images


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend