आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

रन-वे र ट्याक्सी-वेको कनेक्सन जडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

२०२४ को नोभेम्बर तथा २०२५ को जनवरीमा काम गरिने

images
शुक्रबार, फागुन ४ २०८०
images
रन-वे र ट्याक्सी-वेको कनेक्सन जडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

अहिले विमानस्थल २१ घण्टा सञ्चालनमा रहेको र तीन घण्टामात्रै बन्द हुने गरेको छ। यसैले उक्त तीन घण्टाको समयमा मात्र उक्त काम गर्न नसकिने देखिएको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले समानान्तर ट्याक्सी-वे विस्तारको काम चलिरहेको छ। विस्तारकै क्रममा पटक-पटक गरी पूर्ण तथा आंशिक रुपमा विमानस्थल नै बन्द गर्नुपर्ने देखिएको छ।  

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार रन-वे र ट्याक्सी-वे बीचको कनेक्सन जडानको काम गर्दैगर्दा विमानस्थल आंशिक तथा पूर्ण रुपमा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने छ।

images
images

रन-वे र  ट्याक्सी-वे जडान बिन्दु १० वटा जति रहेका छन्। एकैपटकमा विमानस्थल लगातर बन्द नहुने भएपनि काम गर्दै जाँदा प्रतिकूल अवस्था सिर्जना भएको अवस्थामा भने पूर्ण रुपमा केही समय विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउने उनले जानकारी दिए।

images
images

न्यूनतम ८ देखि १० घण्टा समय लाग्ने भएपनि प्रतिकूल अवस्थामा भने लामो सयम नै विमानस्थल बन्द हुनसक्ने उनले बताए। तर सकेसम्म कमभन्दा कम समय विमानस्थल बन्द गरेर काम गर्ने विषयमा अध्ययन भइरहेको उनको भनाइ छ।

अहिले विमानस्थल २१ घण्टा सञ्चालनमा रहेको र तीन घण्टामात्रै बन्द हुने गरेको छ। यसैले उक्त तीन घण्टाको समयमा मात्र उक्त काम गर्न नसकिने उनले बताए।

'लगातार लामो समय विमानस्थल बन्द हुँदैन। एउटा कनेक्सनको कामपछि मात्रै दोस्रो कनेक्सनको काम हुँदा केही समय ग्याप हुन्छ' उनले भने।

उनका अनुसार कनेक्सन जडान हुने ठाउँमा ३ देखि ४ मिटर गहिरो खाडल खन्नुपर्ने हुन्छ तर पानी तथा कालोमाटो आएको अवस्थामा केही समय लाग्ने हुँदा अन्तर्राष्ट्रिय संगठन आईकाओको मापदण्ड पूरा गरेर मात्रै विमानस्थल बन्द हुने छ। श्रेष्ठका अनुसार २०२४ को नोभेम्बर तथा २०२५ को जनवरीमा उक्त काम हुने छ।


प्रकाशित : शुक्रबार, फागुन ४ २०८०११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend