मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

विद्युतीय भुक्तानी प्रणालीको विकास गर्न भारतीय रिजर्व बैंक र नेपाल राष्ट्र बैंकबीच सम्झौता

images
बिहीबार , फागुन ३ २०८०
images
images
विद्युतीय भुक्तानी प्रणालीको विकास गर्न भारतीय रिजर्व बैंक र नेपाल राष्ट्र बैंकबीच सम्झौता
images
images

काठमाडौं- नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्यले द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ। नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच विद्युतीय भुक्तानी प्रणालीको संयन्त्र विकास गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

images
images

दक्षिणपूर्वी एसियाका केन्द्रीय बैंकहरूको समूह (सिसन)को कार्यक्रममा भाग लिन भारत भ्रमणमा रहेका गभर्नर महाप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

images
images

भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली विकास गर्नका लागि यसअघि नै नेपाल र भारतबीच सम्झौता भइसकेको छ। उक्त भुक्तानी प्रणालीअन्तर्गतको संयन्त्र स्थापनाका लागि उक्त सम्झौता सम्पन्न भएको राष्ट्र बैंकले जनाएको छ। 

images
images
images

नेपाल र भारतीब सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच नियामकीय संयन्त्र स्थापना गर्ने सहमति भएको नेपाल राष्ट्र बैंकका साहयक सूचना अधिकारी भागवत आचार्यले बताए। 

'केही समयअगाडि नेपालका प्रधानमन्त्रीज्यूले गरेको भारत भ्रमणको समयमा भारतसँग क्रस बोर्डर भुक्तानी प्रणाली विकास गर्ने सहमति भएको थियो। सोही सहमतिअन्तर्गत नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंकबीच विद्युतीय भुक्तानी प्रणालीको संयन्त्र बनाउनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ' आचार्यले भने। 

भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच भुक्तानी प्रणाली संयन्त्र विकास गर्नेबारे सम्झदारीपत्रमा हस्ताक्षर भएको हो। 


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend