शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तम सिमेन्टले फागुन १३ देखि आईपीओ निष्कासन गर्ने, न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने

बिहीबार , फागुन ३ २०८०
सर्वोत्तम सिमेन्टले फागुन १३ देखि आईपीओ निष्कासन गर्ने, न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने

लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबीएस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आर्थिक वर्ष २०७९-८० मा सम्पन्न भएको लेखापरीक्षण प्रतिवेदन अनुसार निर्माण अवधिको ब्याज सहित कुल लागत १२ अर्ब २२ करोड ६ लाख ७९ हजार २०९ रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना रहेको छ।


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend