शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

महालक्ष्मी विकास बैंकको नयाँवर्ष लक्षित कर्जा योजना : १०.९९ प्रतिशत ब्याजदरमा ५ करोडसम्मको कर्जा

मंगलबार, फागुन १ २०८०
महालक्ष्मी विकास बैंकको नयाँवर्ष लक्षित कर्जा योजना : १०.९९ प्रतिशत ब्याजदरमा ५ करोडसम्मको कर्जा

आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ३ दिनभित्र नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ।

सो योजनाअन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिनेछ। तिनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जनाएको छ।

आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ३ दिनभित्र नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त योजनाअनुसार आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मतसम्भार गर्न महालक्ष्मी घर कर्जाअन्तर्गत न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोड रूपैयाँसम्मको कर्जा प्रदान गरिनेछ।

बैंकले साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि १०.९९ प्रतिशतमा व्यावसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ।

त्यसैगरी महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ। सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्षसम्म रहनेछ। विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ।

महालक्ष्मी बैंकले देशभर एकसय तीन शाखा कार्यालयहरुमार्फत करिब ७ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, फागुन १ २०८०१८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend