सोमबार, वैशाख २४ गते २०८१    
images
images

लन्डन जाने टिकट : अरूलाई डेढ लाख मन्त्री आलेलाई १२ लाख

images
images
images
लन्डन जाने टिकट : अरूलाई डेढ लाख मन्त्री आलेलाई १२ लाख
images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको एक महिना नपुग्दै गएको कात्तिकमा प्रेम आले लन्डन भ्रमणमा गएका थिए। ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) को कार्यक्रममा भाग लिन लन्डन जाँदा मन्त्री आलेले १२ लाख ३५ हजार रूपैयाँ त टिकटमा मात्र खर्चिएको तथ्य फेला परेको छ। 

images
images
images

सोही कार्यक्रममा जाने अन्य सहभागीहरूले भने १ लाख ३८ हजार रुपैयाँमा टिकट खरिद गरेका थिए। मन्त्री आलेले सिलिंक ट्राभल एन्ड टुर्स कम्पनीमार्फत २९ अक्टोबरमा दुईतर्फी टिकट खरिद गरेका थिए। उनी ३१ अक्टोबरमा लन्डन उडेका थिए। 

images

टिकेटिङ कम्पनीहरूका अनुसार कतार एयरवेजको दाेहाेराे टिकट मूल्य अहिलेसम्म बिजनेस क्लासमा नै पनि अधिकतम पाँच लाख रूपैयाँभन्दा बढी पुगेको छैन। 

images

मन्त्री आलेको टिकटका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भ्याट नम्बर ७८-९ टी-०३६५२ बाट बिल काटिएको छ। जसमा १२ लाख ३५ हजार रुपैयाँको बिल काटिएको छ। ट्राभलबाट मन्त्री आलेले कतार एयरवेजको १५७३८६७०३२०६२ नम्बरको टिकट लिएका थिए। 

images
images

डब्लूटीएममा नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी र म्यानेजर लक्ष्मण गौतम पनि सहभागी थिए। त्यस्तै पर्यटनमन्त्री आलेसहित तत्कालीन सचिव यादव कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मी पनि उक्त कार्यक्रममा गएका थिए। 

मन्त्रिपरिषद्‍बाट स्वीकृत भ्रमण नभएको भए पनि कार्यक्रममा सहभागी मन्त्री, सचिव र स्वकीय सचिवकाे खर्च सरकारी ढुकुटीमार्फत नै भएकाे थियाे। जहाँ मन्त्रीबाहेक अन्यको भने १ लाख ३८ हजार रुपैयाँको दुईतर्फी टिकट काटिएको थियो। 

कार्यक्रममा भाग लिन अन्य सहभागीहरू अक्टोबर २८ मा लन्डनतर्फ लागेका थिए। मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन गएका थिए। मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका थिए। कार्यक्रममा भाग लिएर मन्त्रीसहित अन्य सहभागीहरू नोभेम्बर ६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। 

मन्त्री आलेले सोही कार्यक्रमबाट फर्किंदा नै भन्सार छलेर ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी ल्याएका थिए।

सेटिङमा काटिन्छ टिकट

ट्राभल कम्पनीहरूले होलसेलमा टिकट खरिद गर्ने गर्दछन्। नेपालबाट बिजनेस क्लासमा कतार एयरवेजमा अधिकतम नै परे पनि ४ देखि ५ लाख रूपैयाँसम्ममा दोहोरो टिकटको मूल्य पर्दछ। तर टिकट एजेन्सीहरूले टिकट काट्नेसँगको सेटिङमा मूल्य बढाएर काट्ने गरेका छन्। एजेन्सीहरूले सहमतिमा नै मूल्य बढाएर देखाउने गर्दछन्। तर उक्त रकम भने एयरलाइन्सले पाउँदैनन्।

मन्त्री आलेले २७ अक्टोबरमा पहिले प्रेसिडेन्ट ट्राभलमा टिकट लिने तयारी गरेका थिए। प्रेसिडेन्टले ५ लाख ५० हजार रूपैयाँमा टिकट दिने जानकारी मन्त्रीको सचिवालयलाई दिएको थियो। तर मन्त्रीले सिंलिक ट्राभल्समार्फत १२ लाख ३५ हजार रुपैयाँमा सेटिङको टिकट काटेका थिए। 

आर्थिक पारदर्शिता गफ मात्रै!

पर्यटनमन्त्री प्रेम आले आर्थिक पारदर्शितामा भाषण गरिरहन्छन्। सोमबार मात्रै उनले नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ बोक्न अनुमति पाएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी लिएपछि अनावश्य खर्च कटाएको दाबी गरेका थिए।

मन्त्री आलेले निगमका पूर्वकार्यकारी अध्यक्षले बढी तलब लिएर खर्च बढी गराएको भन्दै आफूले अहिले कम तलबमा कार्यकारी अध्यक्ष ल्याएको दाबी गरेका थिए। हरेक कार्यक्रममा गएर आर्थिक पारदर्शिताको विषयमा कुरा गर्ने मन्त्री आले आफैले भने विदेश जाने टिकटमा समेत सेटिङ गरेर सरकारलाई अनावश्यक आर्थिक भार पारेका छन्। 

यो पनि- 

भन्सार छलेर उपहार ल्याउँछन् मन्त्री, प्रेम आलेले ल्याए ७ रोलेक्स, ७ आइफोन र ९ बोतल रक्सी

वैदेशिक रोजगारीबाट फर्किएकालाई केरकार, भीआईपीलाई निस्फिक्री 

images

प्रकाशित : मंगलबार, मंसिर २१ २०७८१२:०१

प्रतिक्रिया दिनुहोस