शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

माथिल्लो तामाकोशीको खर्च अधिक हुँदा आम्दानी बढेपनि घाटामै

मंगलबार, फागुन १ २०८०
माथिल्लो तामाकोशीको खर्च अधिक हुँदा आम्दानी बढेपनि घाटामै

४५६ मेगावाटको ठूलो आयोजना सञ्चालन गर्ने यस कम्पनीबाट तत्कालै लगानीकर्ताले लाभ पाउन अझै धेरै वर्ष कुर्नुपर्ने देखिएको छ। दोस्रो बजारमा कम्पनीको मूल्य प्रतिकित्ता २१६ रुपैयाँ छ।

काठमाडौं- तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ अर्ब ३५ करोड रुपैयाँको आम्दानी गरेको छ। आम्दानीमा ७.४ प्रतिशत वृद्धि भएपनि कम्पनी नोक्सानीमै रहेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनी २५ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा गएको छ। गतवर्ष यस अवधिमा विद्युत् बिक्री आम्दानी ४ अर्ब ९८ करोड थियो। कम्पनीको वित्तीय लागतसँगै अन्य खर्चहरु उच्च हुँदा नोक्सानी देखिएको हो।

६ महिनामा कम्पनीको वित्तीय लागत मात्रै ३ अर्ब ४२ करोड रुपैयाँ छ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ जम्मा ६१ रुपैयाँ छ। कम्पनीको दीर्घकालीन ऋण मात्रै ७२ अर्ब ७७ करोड रुपैयाँ रहेकाले सोको ब्याज तथा साँवा भुक्तानीबापत हुने वित्तीय खर्च रकम उच्च छ। 

४५६ मेगावाटको ठूलो आयोजना सञ्चालन गर्ने यस कम्पनीबाट तत्कालै लगानीकर्ताले लाभ पाउन अझै धेरै वर्ष कुर्नुपर्ने देखिएको छ। दोस्रो बजारमा कम्पनीको मूल्य प्रतिकित्ता २१६ रुपैयाँ छ।

प्रकाशित : मंगलबार, फागुन १ २०८०१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend