शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

रिडी पावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर दिने

मंगलबार, फागुन १ २०८०
रिडी पावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर दिने

हकप्रद सेयरमा आवेदनकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

काठमाडौं- रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले १ः०ः५० अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

फागुन १८ गतेदेखि निष्कासन हुने हकप्रद सेयरमा माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। कम्पनीले माघ २२ गते बुक क्लोज गरिसकेको छ।

हकप्रद सेयरमा आवेदनकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ। 


प्रकाशित : मंगलबार, फागुन १ २०८०१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend