मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

रिडी पावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर दिने

images
मंगलबार, फागुन १ २०८०
images
रिडी पावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर दिने

हकप्रद सेयरमा आवेदनकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

images
images

काठमाडौं- रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

images
images
images

कम्पनीले १ः०ः५० अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

images
images

फागुन १८ गतेदेखि निष्कासन हुने हकप्रद सेयरमा माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। कम्पनीले माघ २२ गते बुक क्लोज गरिसकेको छ।

images
images

हकप्रद सेयरमा आवेदनकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ। 


प्रकाशित : मंगलबार, फागुन १ २०८०१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend