शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नेको इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानी बढ्दा अन्य सूचक कस्तो?

मंगलबार, फागुन १ २०८०
नेको इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानी बढ्दा अन्य सूचक कस्तो?

इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशत बढेको छ। इन्स्योरेन्सको खुद दाबी खर्च भने सो अवधिमा १०.६९ प्रतिशत घटेको छ।

काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडको पहिलो ६ महिनामा नाफा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा  ६१ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ६.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५८ करोड ६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

खुद बीमा शुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ पुगेको वित्तीय विवरण सार्वजनिक भएको छ। 

इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशत बढेको छ। इन्स्योरेन्सको खुद दाबी खर्च भने सो अवधिमा १०.६९ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ९५ पैसा रहेको इन्स्योरेन्सको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ रुपैयाँ ९९ पैसा पुगेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी ३८.३४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा रहेको छ।


प्रकाशित : मंगलबार, फागुन १ २०८०१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend