शनिबार, मंसिर ८ गते २०८१    
images
images

टेलिकमको नाफा र प्रतिसेयर आम्दानी घट्यो

images
मंगलबार, फागुन १ २०८०
images
images
टेलिकमको नाफा र प्रतिसेयर आम्दानी घट्यो

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

images
images

काठमाडौं- नेपाल टेलिकम लिमिटेको चालु आर्थिक वर्षको पहिलो ६ महिनामा  खुद नाफा र प्रतिसेयर आम्दानी घटेको छ। 

images
images
images

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६० प्रतिशत कम हो।

images

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

images

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घटेन पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशत र वित्तीय आम्दानी ८.६१ प्रतिशत घटेको छ। त्यसैगरी कम्पनीको कुल आम्दानी ३.५८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : मंगलबार, फागुन १ २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend