शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, यस्ता छन् नीतिगत व्यवस्था

सोमबार, माघ २९ २०८०
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, यस्ता छन् नीतिगत व्यवस्था

काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार साँझ सावर्जनिक गरेको छ।

आज राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरेसँगै साँझ सार्वजनिक गरेको हो। 

यस्ता छन् नीतिगत व्यवस्थाहरु : 

आन्तरिक एव बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ। अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ।

संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ। कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ।

पछिल्लो आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ। आन्तरिक आर्थिक गतिविधि एवम्मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा

आवश्यकतानुसार परिमार्जन गरिने छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षाको क्रममा सहयोग पुर्याउने नेपाल सरकारका निकायहरु, उद्योग व्यवसायसँग सम्बन्धित संघ/संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु राखिएको छ। 


प्रकाशित : सोमबार, माघ २९ २०८०१९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend