शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

कुमारी बैंकको साधारणसभा सम्पन्न, मुरारकासहित ६ जना सञ्चालक नियुक्त

सोमबार, माघ २९ २०८०
कुमारी बैंकको साधारणसभा सम्पन्न, मुरारकासहित ६ जना सञ्चालक नियुक्त

काठमाडौं- कुमारी बैंकको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० आसार मसान्तसम्मको वासलात, नाफा (नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ।

सभामा भएको सञ्चालक चुनावमा संस्थापक सेयरधनी समूहबाट अमिरप्रताप जंगबहादुर राणा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, उद्योगी पशुपति मुरारका तथा सर्वसाधारण सेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण सेयरधनी समूह महिलातर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन्। 

 


प्रकाशित : सोमबार, माघ २९ २०८०१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend