शनिबार, साउन १२ गते २०८१    
images
images
images

अर्धवार्षिक समीक्षामार्फत सरकारले घटायो खर्चको लक्ष्य, १५ खर्ब ३० अर्ब खर्च हुने संशोधित अनुमान

images
सोमबार, माघ २९ २०८०
images
images
अर्धवार्षिक समीक्षामार्फत सरकारले घटायो खर्चको लक्ष्य, १५ खर्ब ३० अर्ब खर्च हुने संशोधित अनुमान

बजेटमार्फत गरिएको विनियोजनअनुसार खर्च हुने अवस्था नरहेकाले लक्ष्य घटाइएको अर्थमन्त्री महतले बताएका छन्।

images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षा गर्दै विनियोजित बजेटको लक्ष्य घटाएका छन्।

images
images

सरकारले चालु आर्थिक वर्ष कुल १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएकोमा करिब २ खर्ब ३१ अर्बले खर्च अनुमान घटाएको छ। करिब १३.१९ प्रतिशतले कम खर्च अनुमानसहित अर्थमन्त्री महतले बजेटको संशोधित लक्ष्य प्रस्तुत गरेका हुन्। 

images

बजेटमार्फत गरिएको विनियोजनअनुसार खर्च हुने अवस्था नरहेकाले लक्ष्य घटाइएको अर्थमन्त्री महतले बताएका छन्।

'६ महिनाको अनुभवले १७ खर्ब ५१ अर्ब रुपैयाँको बराबरको विनियोजन गरेका थियौँ। लक्ष्यअनुरुपको आम्दानी हुने अवस्था छैन। खर्चमा अझ धेरै सुधार गर्नुपर्ने अवस्था देखियो। यसैले चालु आर्थिक वर्षको बाँकी अवधिमा १५ खर्ब ३० अर्ब ६७ करोड खर्च गर्ने संशोधित अनुमान प्रस्तुत गरेका छौँ', महतले भने।

images

सरकारले प्रस्तुत गरेको विनियोजनमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको थियो। जसमध्ये सरकारले हालसम्म कुल प्राप्ति ५ खर्ब ८८ अर्ब रुपैयाँ गरेको छ भने करिब १ खर्ब ४० अर्ब रुपैयाँको हाराहारीमा आन्तरिक ऋण उठाइसकेको छ। 

अर्थमन्त्री महतले राजस्व संकलन पनि करिब १ खर्बले घटाएका छन्। चालु आर्थिक वर्षको अन्त्यसम्ममा १३ खर्ब ९ अर्ब राजस्व संकलन हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ।

अर्थमन्त्री महतले खर्च प्रणालीमा समस्या रहेकाले बजेट खर्च बढ्न नसकेको बताएका छन्। विगतमै बहुवर्षीय आयोजनाहरुमा बढी दायित्व थपिएकाले पनि खर्चमा समस्या भएको उनले बताएका छन्। यद्यपी पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदै गएकोप्रति अर्थमन्त्री महतले बढी जोड दिएका छन्। 


प्रकाशित : सोमबार, माघ २९ २०८०१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend