बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
एनआईसीको फर्जी कर्जा

नकारात्मक सन्देश प्रवाह हुने त्रासले रोकियो एनआईसी एसियाका डेपुटी सीईओ पाण्डेको राजीनामा

आइतबार, माघ २८ २०८०
नकारात्मक सन्देश प्रवाह हुने त्रासले रोकियो एनआईसी एसियाका डेपुटी सीईओ पाण्डेको राजीनामा

अहिलेको परिस्थितिमा बैंकबारे नकारात्मक सन्देश बाहिर जाने डरमा बैंकको सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो।

काठमाडौं- एनआईसी एसिया बैंकको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले दिएको राजीनामा अस्वीकृत गरेको छ।

बैंकको छबी बिग्रिरहेको समयमा थप नकरात्मक सन्देश जाने भन्दै समितिले हाललाई उनको राजीनामा रोकेको हो। 

अहिलेको परिस्थितिमा बैंकबारे नकारात्मक सन्देश बाहिर जाने डरमा बैंकको सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो।

प्राथमिक पुँजीकोष (टायरवान) मिलाउन एनआईसी एसिया बैंकले वासेल रिपोर्टमा गम्भीर छेडखानी गरेको विषयमा गएको सोमबार बिजनेस न्युजले विस्तृत समाचार प्रकाशित गरेको थियो। त्यसपछि नै यो विषयमा प्रमुख जिम्मेवारीमा रहेका पाण्डेले राजीनामा बुझाएका थिए।

वासेल रिपोर्टमा छेडखानी गरेर करिब ८० अर्ब रुपैयाँ फर्जी आवासीय कर्जा देखाएको समाचार प्रकाशित भएसँगै राष्ट्र बैंकले समेत अनुसन्धान थालेको थियो। राष्ट्र बैंकको अनुसन्धान जारी छ।

एनआईसी एसिया बैंकले पुँजीकोषमा मिलान गर्न जोखिमभार कम भएको आवसीय कर्जामा देखाएको थियो। अर्कोतर्फ बैंकले आवासीय घरकर्जामा राष्ट्र बैंकले तोकेको २५ प्रतिशतको सीमाभन्दा बढी लगानी गरेको देखिन्छ। बैंकको गत पुस मसान्तसम्ममा आवासीय कर्जामा करिब ४५ प्रतिशत कर्जा लगानी रहेको देखाएको छ। 

राष्ट्र बैंकले तोकेको २५ प्रतिशतभन्दा बढी कर्जा आवासीय घरजग्गा दिनुलाई शंकाको दृष्टिबाट हेर्दै अनुसन्धान गरिरहेको छ।

पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान


प्रकाशित : आइतबार, माघ २८ २०८०११:३०
  • सम्बन्धित विषय:

  • # एनआईसीको फर्जी कर्जा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend