शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

साहस उर्जाको आम्दानी १ अर्ब ५३ करोड हुँदा नाफा ११२ प्रतिशत बढ्यो

शनिबार, माघ २७ २०८०
साहस उर्जाको आम्दानी १ अर्ब ५३ करोड हुँदा नाफा ११२ प्रतिशत बढ्यो

काठमाडौं- साहस उर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ११२ दशमलव ३३ प्रतिशत वृद्धि भएको छ। गत आवमा कम्पनीले  २१ करोड ५९ लाख नाफा कमाएकोमा चालु आवमा बढेर  ४५ करोड ८६ लाख पुगेको हो।

चालु आवमा कम्पनीले विद्युत् बिक्रीबापत  १ अर्ब ५३ करोडभन्दा बढी आम्दानी गरेकाले नाफा बढ्न टेवा पुगेको हो। गत आवको दोस्रो त्रैमासमा भने कम्पनीले विद्युत् बिक्रीबापत आम्दानी गरेको थिएन। 

चुक्ता पुँजी ३ अर्ब ५० करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा २ अर्ब ६० करोडभन्दा बढी सञ्चिति गरेको छ। सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ २१ पैसा (वार्षिकीकरण) र प्रतिसेयर नेटवर्थ १ सय ७४ रुपैयाँ ५५ पैसा छ।


प्रकाशित : शनिबार, माघ २७ २०८०१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend