बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
एनआईसीको फर्जी कर्जा

राष्ट्र बैंकको अनुसन्धानसँगै एनआईसी एसिया बैंकका डेपुटी सीईओ पाण्डेले दिए राजीनामा

शुक्रबार, माघ २६ २०८०
राष्ट्र बैंकको अनुसन्धानसँगै एनआईसी एसिया बैंकका डेपुटी सीईओ पाण्डेले दिए राजीनामा

काठमाडौं- एनआईसी एसिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले राजीनामा दिएका छन्। नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकमा विशेष सुपरिवेक्षण पठाएसँगै उनले राजीनामा दिएका हुन्। 

पछिल्लो समय एनआईसी एसिया बैंकको वित्तीय अवस्था खस्किँदै गइरहेको छ। एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा प्राथमिक पुँजीकोष अनुपात मिलाउन वासेल रिपोर्टमा गरेको तोडमोडविरुद्ध राष्ट्र बैंकले अनुसन्धानसमेत थालिसकेको छ।

प्राथमिक पुँजीकोष (टायरवान) मिलाउन एनआईसी एसिया बैंकले वासेल रिपोर्टमा गम्भीर छेडखानी गरेको विषयमा गएको सोमबार बिजनेस न्युजले विस्तृत समाचार तयार प्रकाशित गरेको थियो। यसपछि नै सञ्चालक समितिसँगको कुराकानीमा नै उनले राजीनामा बुझाएको बुझिएको छ। 

डेपुटी सीईओ पाण्डेले गएको बुधबार नै सीईओ रोशनकुमार न्यौपानेसमक्ष राजीनामा बुझाएको र शनिबार बस्ने सञ्चालक समितिको बैठकले त्यसलाई स्वीकृत गर्ने बैंक स्रोतले जनाएको छ। 

एनआईसी एसिया बैंकको सञ्चालक समिति बैठकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा २०७५ मंसिरमा बढुवा गरेको थियो। त्यसअघि उनी सहायक प्रमुख कार्यकारी अधिकृत थिए। 

पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा पुँजीकोष मिलानमा एनआईसी एसियाको किर्ते, 'क्रेडिट रिस्क' घटाउन १ खर्ब ३३ अर्ब फर्जी आवासीय कर्जा एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान एनआईसी एसियाको फर्जी आवासीय कर्जाविरुद्ध राष्ट्र बैंकले थाल्यो अनुसन्धान


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१५:५९
  • सम्बन्धित विषय:

  • # एनआईसीको फर्जी कर्जा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend