मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

आईपीओ जारी गरेको नेपाल रिपब्लिक मिडिया अझै ४२ लाख घाटामा

images
शुक्रबार, माघ २६ २०८०
images
आईपीओ जारी गरेको नेपाल रिपब्लिक मिडिया अझै ४२ लाख घाटामा
images
images

काठमाडौं- गत वर्षको अन्त्यसम्ममा २ करोड २ लाख रुपैयाँ नाफा रहेको देखाएको नेपाल रिपब्लिक मिडिया चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ लाख रुपैयाँ घाटामा गएको छ। 

images
images
images

आईपीओ जारी गरेको पहिलो त्रैमासबाटै घाटामा गएको रिपब्लिक मिडियाले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ४२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।

images
images

आम्दानी घटेसँगै कम्पनीले नोक्सानी ब्यहोर्नु परेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ४४.८८ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी २७.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७४.५८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३९.२८ प्रतिशत घटेको छ।

images
images

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ८८ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ ९३ पैसा रहेको छ।

९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

धितोपत्र बोर्डमा अध्यक्ष रहँदा रमेशकुमार हमालले कमिसनको खेलमा लागेर खराब कम्पनीलाई सर्वसाधारणका लागि सेयर निष्कासन गर्न अनुमति दिएको पुष्टि भएको छ। गत बैशाख ११ गते बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएसँगै नागरिक दैनिक पब्लिक कम्पनी बन्ने नेपालको पहिलो सञ्चार माध्यम बनेको थियो।

नेपाल रिपब्लिक मिडियाले आफ्नो वित्तीय विवरणमा कृत्रिम सजावट गरी सर्वसाधारणका लागि सेयर निष्कासन गरेको प्रमाणित भएको छ। आईपीओ जारी भएलगत्तै आफ्नो वित्तीय विवरण प्रकाशन गर्दै पहिलो ६ महिनामा ४२ लाख लाख रुपैयाँ घाटामा रहेको देखाएको छ।

नेपाल रिपब्लिकले प्राथमिक सेयर निष्कासन गर्नैका लागि आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणमा नाफा देखाएको थियो। रिपब्लिक मिडियाले खरिद गरेको जग्गाको मूल्यांकन बढाएर कुल सम्पत्ति बढी देखाइ नेटवर्थ सकारात्मक बनाएर वित्तीय विवरणमा कृत्रिम सजावट गरेको थियो। 

लामो समयसम्म निरन्तररुपमा घाटामा रहेको कम्पनीको कृत्रिमरुपमा आम्दानी बढाउँदै खर्च घटाएर नाफामा देखाइएको थियो। झुटो विवरणमार्फत नाफामा देखाउँदै सर्वसाधारणका लागि कम्पनीको करिब ४५ प्रतिशत सेयर निष्कासन गरिएको थियो।

२०७८ सम्म घाटामा रहेको कम्पनीले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा नाफा देखाएकै भरमा प्राथमिक सेयर निष्कासन गर्न अनुमति पाएको थियो। २०८०/८१ बाट कम्पनी क्रमश: नाफामा जाने दाबी गरेपनि घाटा सुरु भएको छ। 

कम्पनीले १०० रुपैयाँका दरले ४३ लाख ५३ हजार कित्ता सेयर जारी गरेर ४३ करोड ५३ लाख रुपैयाँ सर्वसाधारणबाट उठाएको थियो। कम्पनीको दोस्रो बजारमा भने ३८५ रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : शुक्रबार, माघ २६ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend