शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

हिमालयन रि इन्स्योरेन्सले ४.२१ प्रतिशतमात्रै लाभांश दिने

शुक्रबार, माघ २६ २०८०
हिमालयन रि इन्स्योरेन्सले ४.२१ प्रतिशतमात्रै लाभांश दिने

काठमाडौं- हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.२१ प्रतिशतमात्रै लाभांश दिने भएको छ। 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ।


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend