शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लगातार चार दिन सेयर बजारमा हरियाली, उचाइतर्फकै अपेक्षा गर्दैछन् लगानीकर्ता

बिहीबार , माघ २५ २०८०
लगातार चार दिन सेयर बजारमा हरियाली, उचाइतर्फकै अपेक्षा गर्दैछन् लगानीकर्ता

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत उतारचढावमा रहेको सेयर बजारमा ओरालो यात्रा थामिएर लगातार चार दिनको कारोबार वृद्धितर्फ लागेको छ।

गएको साता सुरुका तीन कारोबारमा बढेर पछिल्ला दुई कारोबार घटेको बजारमा यो साता आइतबारको कारोबार पनि घटेको थियो। त्यसयता भने बजार लगातार बढिरहेको छ। 

यो साता आइतबार ५.३१ अंकले घटेको सेयर बजार सोमबार सोमबार १४.५७ अंकले बढेको थियो। मंगलबार पनि ९.४४ अंकले बढेको बजार बुधबार ४.९२ अंकले बढेर २०९०.६४ बिन्दुमा पुगेको थियो। बिहीबारसमेत बजारले वृद्धितर्फ नै साथ दिएको छ।

बिहीबार ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको छ। १५७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ। ८२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्‍थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार २००० र २१०० बिन्दु वरिपरि नै देखिन्छ। 

केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तलमाथि गरिरहेको छ। अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा लगानीकर्ताहरू रहेका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्। 


प्रकाशित : बिहीबार , माघ २५ २०८०१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend