मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

बुढानीलकण्ठ हेरिटेज लिमिटेडले सर्वसाधारणलाई १५ लाख कित्ता आईपीओ जारी गर्ने

images
बुधबार, माघ २४ २०८०
images
बुढानीलकण्ठ हेरिटेज लिमिटेडले सर्वसाधारणलाई १५ लाख कित्ता आईपीओ जारी गर्ने

संस्थापकहरुको ८५ करोड रूपैयाँ लगानी रहेको यस कम्पनीको प्राथमिक सेयरको सार्वजनिक निष्कासनपश्चात चुक्तापुँजी १ अर्ब पुग्नेछ।

images
images

काठमाडौं- बुढानीलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आफ्नो जारी पुँजीको १५ प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। प्रतिसेयर अंकित मूल्य १०० दरको १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो।

images
images
images

होटलले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

images
images

बुढानीलकण्ठ हेरिटेज लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र ग्लोबल आईएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। २०७५ सालमा प्रालिको रुपमा दर्ता भइ विसंं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानीलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बुढानीलकण्ठ नगरपालिका वडा नं १, काठमाण्डौंमा रहेको छ। 

images
images

संस्थापकहरुको ८५ करोड रूपैयाँ लगानी रहेको यस कम्पनीको प्राथमिक सेयरको सार्वजनिक निष्कासनपश्चात चुक्तापुँजी १ अर्ब पुग्नेछ। अन्तर्राष्ट्रिय चेन होटेलअन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानीलकण्ठ क्षेत्रमा पहिलो पाँचतारे होटल निर्माण गरेको छ।

आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन्। लेमन ट्री होटल्स लिमिटेड एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी रहेको र जसले उच्चस्तरिय, अपर-मिडस्केल, मिडस्केल र ईकोनोमी सेगमेन्टहरूमा काम गर्दछ। 

यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएकोे छ। नेपालमा पहिलो होटलको रुपमा 'लेमन ट्री प्रिमियर बुढानीलकण्ठ' काठमाडौंको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ। यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्यातीप्राप्त व्यक्तिहरुको लगानी रहेको छ।


प्रकाशित : बुधबार, माघ २४ २०८०१८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend