शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लगातार तेस्रोदिन बढ्यो सेयर बजार, बुधबार दुई अर्ब ८४ करोडको कारोबार

बुधबार, माघ २४ २०८०
लगातार तेस्रोदिन बढ्यो सेयर बजार, बुधबार दुई अर्ब ८४ करोडको कारोबार

केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तलमाथि गरिरहेको छ। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा लगानीकर्ता छन्।

काठमाडौं- यो साता लगातार तेस्रो दिन यो साताको पहिलो कारोबारमा सामान्य अंकले घटेको सेयर बजार त्यसयता लगातार बढिरहेको छ। बुधबार पनि बजार सामान्य अंकले बढेको छ।

बुधबार ४.९२ अंकले बढेर बजार २०९०.६४ बिन्दुमा पुग्दा दुई अर्ब ८४ करोड २५ लाख रूपैयाँको कारोबार भएको छ। आज १६८ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्यमा फेरबदल भएको छैन।

गएको साता सुरुका तीन कारोबारमा बढेर पछिल्ला दुई कारोबार घटेको बजारमा यो साता आइतबारको कारोबार पनि घटेको थियो। आइतबार ५.३१ अंकले घटेर बजार २०६१.७० बिन्दुमा झरेको बजार सोमबार १४.५७ अंकले बढेर बजार २०७६.२७ बिन्दुमा पुगेको थियो भने मंगलबार ९.४४ अंकले बढ्दा २ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो।

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्‍थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार २००० र २१०० बिन्दु वरिपरि नै देखिन्छ। 

केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तलमाथि गरिरहेको छ। अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : बुधबार, माघ २४ २०८०१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend