शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

बुधबार, माघ २४ २०८०
महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत दिपेश लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ अनुभव रहेको छ। लम्साल यसअघि कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत थिए।

काठमाडौं- महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन्। लम्साल यसअघि कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत थिए।

महालक्ष्मी विकास बैंकमा लामो समयदेखि कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकका महत्त्वपूर्ण क्षेत्रहरूमा साढे दुई दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ। प्रमुख कार्यकारी अधिकृतमा लम्सालको नियुक्तिलाई बैंकले उत्साहको रूपमा लिँदै उनको सफल कार्यकालको कामनासमेत गरेको छ।

बैंकको परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालज्युले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता जनाए।

साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन समेत आग्रह गरेका छन्।

विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ अनुभव रहेको छ।


प्रकाशित : बुधबार, माघ २४ २०८०१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend