शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजार पुनः वृद्धितर्फ, २१०० बिन्दु वरवर घुम्दै

मंगलबार, माघ २३ २०८०
सेयर बजार पुनः वृद्धितर्फ, २१०० बिन्दु वरवर घुम्दै

केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तलमाथि गरिरहेको छ। अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्।

काठमाडौैं- मंगलबार पनि सेयर बजारमा वृद्धि देखिएको छ। सोमबार १४.५७ अंकले बढेको बजारमा मंगलबार पनि सुधार देखिएको हो। पछिल्ला तीन कारोबारमा नै ५७ अंकले घटेको बजार यो साता दोस्रो कारोबारदेखि पुनः बढेको हो।

मंगलबार ९.४४ अंकले वृद्धि हुँदै २०८५.७१ बिन्दुमा पुगेको छ। कारोबार भने २ अर्ब ५९ करोड रुपैयाँको हुँदा ७६ लाख २४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। मंगलबार १८१ कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको सेयर मूल्य भने घटेको छ।

सोमबार १४.५७ अंकले बढेर बजार २०७६.२७ बिन्दुमा पुगेको थियो। १४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ४३ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो।

गएको साता सुरुका तीन कारोबारमा बढेर पछिल्ला दुई कारोबार घटेको बजारमा यो साता आइतबारको कारोबार पनि घटेको थियो। आइतबार ५.३१ अंकले घटेर बजार २०६१.७० बिन्दुमा झरेको थियो।

बजार सुधारतर्फ लागिरहँदा उतारचढावपूर्ण स्‍थिति नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार २००० र २१०० बिन्दु वरिपरि नै देखिन्छ। 

केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तलमाथि गरिरहेको छ। अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : मंगलबार, माघ २३ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend