शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

वार्षिकोत्सव मनाइरहँदा नेपाल टेलिकमको सेयर मूल्यमा उछाल

सोमबार, माघ २२ २०८०
वार्षिकोत्सव मनाइरहँदा नेपाल टेलिकमको सेयर मूल्यमा उछाल

नेपाल टेलिकमको प्रतिकित्ता ८६ रूपैयाँ ५० पैसाले बढेर ९५१ रूपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। कम्पनीको बजार पुँजीकरण १ खर्ब ७१ अर्ब पुगेको छ।

काठमाडौं- नेपाल टेलिकमको सेयर मूल्यमा अन्तिम समयमा सर्किट लागेपछि सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि भयो। बजार पुँजीकरणका आधारमा सबैभन्दा ठूलो पुँजीकरण रहेको टेलिकमको मूल्य १० प्रतिशतले बढेको छ।

वार्षिकोत्सवकै दिन कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेको हो। सोमबार नै नेपाल टेलिकमले २०औँ वार्षिकोत्सव मनाएको छ। कम्पनीको सेयर मूल्य समायोजन भएर ७ सय ५८ रूपैयाँमा आएको थियो।

सस्तोमा आएको समयमा पनि लगानीकर्ता टेलिकमको सेयरमा आकर्षित भएको देखिन्छ। जसका कारण १० प्रतिशतले सेयर मूल्य बढेको छ। सूचकमा अब्बल रहेको कम्पनीको सेयर लगानीकर्ताको आकर्षणमा रहँदै आएको छ।

ntc.JPG

सोमबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर नेप्से बन्द भएको हो। आज नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत, पिपल्स पावर लिमिटेडको १० प्रतिशत, समाज लघुवित्त ९.९९ प्रतिशत, जोशी हाइड्रोपावरको ९.९६ प्रतिशत, गुराँस लघुवित्तको ७.६९ प्रतिशतले बढेको छ।

नेपाल टेलिकमको प्रतिकित्ता ८६ रूपैयाँ ५० पैसाले बढेर ९५१ रूपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। कम्पनीको बजार पुँजीकरण १ खर्ब ७१ अर्ब पुगेको छ।

कम्पनीको पछिल्लो ५२ हप्तामा १ हजार रुपैयाँ सम्म पुगेको सेयर मूल्य घटेर ७५८ रुपैयाँसम्म आइपुगेको थियो। प्रतिसेयर आम्दानी ४५ रुपैयाँ रहेको कम्पनी बुक भ्यालु ५३४ रूपैयाँ रहेको छ।


प्रकाशित : सोमबार, माघ २२ २०८०१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend